बिहिबार, बैशाख २४, २०८३
बिहिबार, बैशाख २४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी सहभागी हुने

जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी सहभागी हुने

  • बुधबार, बैशाख २३, २०८३
जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी सहभागी हुने

मुगु —जुम्ला रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । कर्णाली स्पोट्र्स क्लब जुम्लाको आयोजनामा यही बैशाख २६ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथनमा करिव १ हजार खेलाडी दौडमा सहभागी हुने जनाएको छ । यसको सम्पूर्ण तयारी पुरा भएको आयोजक कर्णाली स्र्पोट क्लवले जनाएको छ । आज यसको ट्रफि समेत सार्वजनिक गरिएको छ ।

यो प्रतियोगिताले जुम्लालाई अन्तर्राष्ट्रिय स्तरको साहसिक खेल गन्तव्यका रूपमा चिनाउने र पयर्टन प्रर्बद्धनमा टेवा पुग्ने आसा गरिएको छ ।
जुम्ला रारा अल्ट्रा म्याराथन कुल ५४ किलामिटर रहेको छ । जस अनुसार ५१ किलोमिटर दौडमा १३५ जना, १० किलोमिटरमा २०० जना र ५ किलोमिटर विद्यालय स्तरीय दौडमा ६०० जना रहेको क्लवका अध्यक्ष सरोज शाहीले बताउनु भयो । यस प्रतियोगीतामा १ जना फान्स नागरिक र १ जना भारतिय नागरिक खेलमा सहभागी हुने उनको भनाई छ ।

यो म्याराथन चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजारबाट सुरु भई डाफेलेक, न्याउरीघाट, चौथा, बुलबुले, चुचुमारेलेक, मिलिचौर, माझघटट हुदै मुगु रारा तालको हुटुमा पुगेर खेलाडीको दौड समापन हुने छ । कठिन भूगोल र उचाइका कारण निकै चुनौतीपूर्ण मानिएको छ विभिन्न चेक पोइन्टमा पानी, खाना र स्वास्थ्य सेवा उपलब्ध गराइने क्लबका अध्यक्ष सरोज शाहीले बताउनु भयो ।
क्लवका अध्यक्ष शाहीका अनुसार‘जुम्लालाई उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्र बनाउने हाम्रो उद्देश्य भएको बताए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने २२ जना खेलाडीलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। कुल पुरस्कार राशी ६ लाख १८ हजार रहेको आयोजकले जनाएको छ । यो प्रतियोगीतामा करिब ३० लाख ९८ हजार खर्च अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार