बुधबार, बैशाख ३०, २०८३
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुम कार्मारोङमा जेठ १३ देखि यार्सा संकलन खुला

मुगुम कार्मारोङमा जेठ १३ देखि यार्सा संकलन खुला

  • बुधबार, बैशाख ३०, २०८३
मुगुम कार्मारोङमा जेठ १३ देखि यार्सा संकलन खुला

मुगु —मुगुम कार्मारोङ गाउँपालिकामा आउदो जेठ १३ देखि पाटन क्षेत्रमा यार्सा टिप्न अनुमति दिने भएको छ । गाउँपालिकाले एक महिनाका लागि स्थानीयलाई यार्सा टिप्न अनुमति दिने जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुवास रावलका अनुसार आउदो जेठ १३ देखि यार्सा टिप्न सर्बसधारणको लागि पाटन खुला गरि बताएका छन । जिल्ला बाहिर बाट आउने संकलकर्ताका लागि वन प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार ५ सय जिल्लाभित्रका लागि २ हजार तोकिएको रावलको भनाई छ । मुगुम कार्मारोङ गाउ“पालिकाको छापाखोला, रिमार, तल्लो कुइकी, माथिल्लो कुइकी, छुगोल्डुङ, हाङ्दाङखोला, माजिङथान क्षेत्रमा क्षेत्र यार्सागुम्बु पाइने गरेको छ ।

हरेक वर्ष हुम्ला, जुम्ला, कालिकोट, मुगु, जाजरकोट, दैलेख सुर्खेतल गायत जिल्ला बाट स्थानीय यार्सा टिप्न पाटन उक्लिने गरेका छन । तोकिएको समय भन्दा कोही स्थानीय अबैध रुपमा लुकिछिपी पाटन यार्सा टिप्न गएकोको खण्डमा पालिकाले कानुनी कारबाही गर्ने जनाएको ।

चर्चामा

सम्बन्धित समाचार