शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • कांग्रेस संस्थापनइतर समुहका युवा नेताहरुले काठमाडौैमा बृहत्त भेला गर्दै

कांग्रेस संस्थापनइतर समुहका युवा नेताहरुले काठमाडौैमा बृहत्त भेला गर्दै

  • मङ्लबार, जेष्ठ २६, २०८३
कांग्रेस संस्थापनइतर समुहका युवा नेताहरुले काठमाडौैमा बृहत्त भेला गर्दै

काठमाडौ —नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा समुहले पार्टीको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न गर्न लागि बृहत भेलाको आयोजना गर्न तयारीमा जुटेका छन ।कांग्रेस युवा नेता भुपेन्द्रजंग शाही लगायत युवा नेताहरुले यही जेठ ३० गते राजधानी स्थित चाबहिलको नवदुर्गा पार्टी भेन्युमा बृहत भेला गर्न लागेका छन ।

पार्टी भित्र देखा परेको आन्तरिक विवाद र समस्याको समाधानको राय सुझाव तथा उपाय खोज्न बृहत युवा भेलाको आयोजना गर्न लागिएको युवा नेता भुपेन्द्रजंग शाहीले बताउनु भयो । उहाले यो भेलामा सहभागी हुने कांग्रेस संस्थापनइतर समूहका युवाहरुलाई आह्वान समेत गर्नु भएको छ । पार्टी विभाजनतर्फ जाने कि एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा अब ढिलो नगरि गम्भिर पूर्वक छलफल गर्नु पर्ने बेला आएको युवा नेता शाहीले जानकारी गराए ।

संस्थापनइतर पक्षका काग्रेस नेताहरुले उठाएको मागलाई पुरा गर्न गराउन दबाबको निम्ति यो भेला गर्न लागिएको नेबिसंघ पूर्व केन्द्रीय सदस्य तथा युवा नेता धर्मराज शाहीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार