बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुका चार वटै स्थानीयतह ल्याए बजेट सहित नीति तथा कार्यक्रम

मुगुका चार वटै स्थानीयतह ल्याए बजेट सहित नीति तथा कार्यक्रम

  • बुधबार, असार १०, २०८३
मुगुका चार वटै स्थानीयतह ल्याए बजेट सहित नीति तथा कार्यक्रम

मुगु —यस जिल्लाका चार वटै स्थानीयतहले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सहित नीति तथा कार्यक्रम ल्याएका छन । छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका  र मुगुम कार्मारोङ  गाउँपालिकाले आगामी आर्थिक बर्ष वर्ष २०८३÷०८४ का लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । स्थानीयतहले आगामी आर्थिक बर्षका लागि असार १० गते भित्र बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने नियम अनुसार मुगुका चार वटै स्थानीयतहले तोकिएको समय भित्र आफनो बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गर्न सफल भएका छन ।

जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६५ करोड २१ लाख, ४२ हजार २१ रुपैया“ सार्वजनिक गरेको छ । बुधबार आयोजित १९ औँ नगरसभाले नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । उक्त कुल बजेट मध्ये चालु तर्फ २६ करोड ८ लाख ५६ हजार र पुजीगत तर्फ ३९ करोड १२ लाख ८५ हजार सार्वजनिक गरिएको नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले जानकारी गराइन ।

सोरु गाउँपालिका ले आगामी आर्थिक बर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम १८ औ गाउसभमा मार्फत सार्वजनिक गरेको छ । उपप्रमुख केशरबहादुर शाहीका अनुसार आगामी आर्थिक बर्षको लागि ५० करोड ६६ लाख ५८ हजार बजेट प्रस्ताव गरिएको र त्यस मध्ये चालु तर्फ ३१ करोड १२ लाख ३० हजार र पुजीगत तर्फ १९ करोड ५४ लाख २८ हजार रहेको छ ।

सोरु गाउँपालिका ले दोमुख बेलिब्रिज निर्माणको लागि १ करोड, सिरुपाटा सडकको लागि ३१ लाख पर्यटन प्रर्बद्धन तथा खेलकुदको लागि ४६ लाख बजेट बिनियोजन गरिएको उपाध्यक्ष शाहीले जानकारी गराए ।
खत्याड गाउँपालिका  अध्यक्ष अजबहादुर शाहीका अनुसार आगामी आर्थिक बर्षका लागि ६८ करोड ९८ लाख १८ हजार बजेट सार्वजनिक गरिएको बताउनु भयो ।

उक्त कुल बजेट मध्ये चालु तर्फ ५४ करोड ६७ लाख १८ हजार र पुजीगत तर्फ १४ करोड, २१ लाख प्रस्ताव गरिएको अध्यक्ष शाहीको भनाई छ । त्यसै गरि मुगुम कार्मारोङ  गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ४५ करोड १६ लाख ४८ हजार बजेट सार्वजनिक गरिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनु भयो । उक्त बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत कार्यक्रमलाई प्राथमिकता दिएर बजेट ल्याइएको अध्यक्ष लामाले बताए ।

चर्चामा

सम्बन्धित समाचार