मङ्लबार, असार १६, २०८३
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • खडेरीले यार्साको अनिकाल, मुश्किलले भेटाएको बिक्री भएन

खडेरीले यार्साको अनिकाल, मुश्किलले भेटाएको बिक्री भएन

  • मङ्लबार, असार १६, २०८३
खडेरीले यार्साको अनिकाल, मुश्किलले  भेटाएको  बिक्री भएन

मुगु —हिमाली क्षेत्रको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिने बहुमूल्य जडीबुटी यार्सागुम्बु संकलन यस वर्ष निकै निराशाजनक देखिएको छ । खडेरीका कारण पाटनहरूमा यार्सागुम्बु नपाइएपछि संकलकहरु निराश भए फर्किएका छन । मुश्किलले भेटाएका थोरै यार्सा पनि ब्यापारीको अभाव बेच्न नपाएर झोला बोकेर घर ल्याउन बाध्य भएका छन ।

खडेरी र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली भेगका यार्सा पाटनहरूमा देखिएको छ । गत वर्षहरूमा पाटन क्षेत्रमा धेरै भेटिने यार्सा यसपालि खोज्न समेत मुस्किल परेको संकलकहरू गुनासो छ । यो पटक यार्सा भेटाउन सारै मुश्किल भयो मुगु माग्री गाउँका उर्गिन तामाङले भने खडेरीले पाटनमा यार्सा नै छैन मुश्किलले भेटाएको यार्सा बेच्न नपाएर घर ल्याउनु पर्ने अबस्था आयो ।

बिगत बर्षहरु यार्सा ब्यापारी पाटनमै पुगेर किन्ने गर्थे लामा भन्छन अहिले एक जना ब्यापारी पनि यार्सा खरिद गर्न पाटन गएको देखिएन । पहिले ब्यापारीहरु झोलामा पैसा बोकेर पाटनमै पुगेर सानो यार्साको प्रतिगोटा ५ सय र ठूलो यार्साको प्रतिगोटा एक हजार र प्रति केजी १२ देखि १६ लाख सम्म खरिद बिक्री हुने यार्सा यो पटक मुश्किल टिपेको यार्सा पनि बिकाउन कठिनाइ उत्पन्न भएको छ ।

चर्चामा

सम्बन्धित समाचार