काठमाडौ —नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन र विश्वप्रकाशले आफूलाई वरिष्ठ नेता बनाउने खोज्दा प्रस्ताव अस्वीकार गरेको जनाएका छन ।
सोमबार चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालय खोलेर बसेका् बैठकमा बोल्दै खड्काले उपसभापति विश्वप्रकाश शर्माले मलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको र आफू स्विकार नगरेको बताएका छन उनले बैठकमा बाट बाहिरिने बेला विश्वप्रकाश शर्माले हाम्रो एउटा सहमति भइसकेको छ, तपाईं र शेखर दाइलाई वरिष्ठ नेता बनाउने भनेपछि मैले नमानेका खडकाले बताए ।
विश्वप्रकाश शर्माले मलाई र डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति बनेको छ भन्नुभयो,’ खड्काले बैठकमा भने, ‘उक्त प्रस्ताव मैले अस्वीकार गरे , नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालय स्थापना गरेका छन । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहको बैठक सुरु भएको हो ।