सोमवार, साउन २५, २०८३
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ, : कार्यबाहक प्रमुख सुनिता डंगोल

भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ, : कार्यबाहक प्रमुख सुनिता डंगोल

  • आइतवार, साउन २४, २०८३
भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ, : कार्यबाहक प्रमुख सुनिता डंगोल

काठमाडौ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषा बाँचे मात्र जाति र पहिचान बाँच्ने बताउनु भएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक मेयर डंगोलले आदिवासी दिवसले समाजमा न्याय, समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिका लागि शसक्त बनाउने बताएकी छन । आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाई छ ।
नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गर्दै डंगोलले नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्नुपर्ने चुनौती र दायित्वबारे उल्लेख गर्नु भयो ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन हाम्रा पूर्खाहरूले हामीलाई जमिन मात्र होइन, एउटा वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन । हामीले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमा मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यासलाई तिब्रता दिनु पर्ने कार्यवाहक मेयर डंगोलको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार