मुगु —जिल्लाको छायानाथ राष्ट्रिय निकुञ्जको कार्यालय दसैं अगावै स्थापना गरिने भएको छ । नेपालको कान्छो छायानाथ राष्ट्रिय निकुञ्जका कार्यालय दसैं अगावै स्थापना गर्न तयारी अन्तिम चरण पुगेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले जानकारी गराएको छ ।
पूर्व वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकरीको बिशेष पहल कदममा गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले मुगु दोश्रो छायानाथ राष्ट्रिय निकुन्ज एवं मध्यवर्ती क्षेत्र घोषणा गर्ने निर्णय गरेको करिव एक बर्षपछि निकुञ्ज कार्यालय स्थापना गर्न तयारी गरिएको छ ।
निकुञ्ज कार्यालय स्थापना गर्न कर्मचारी संख्याको ब्याबस्थापन ओएनएम प्रकृयामा ढिलो हुदा कार्यालय स्थापनामा ढिलाई भएको अब ओएनएम प्रकृया लगभग टुंगिुकेको हुदा दसै अगावै छायानाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा.बुद्धि सागर पौडेल जानकारी गराउनुभयो ।
अब दसैं अगाडी नै छायानाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरि कर्मचारी खटाइने महानिर्देशक पौडेलले भने अब ढिलासुस्ती हुदैन कर्मचारी ओएनएम प्रकृयामा ढिलो हुन पुगेको हो । निकुञ्जको सुरक्षार्थको लागि नेपाली सेना कति रहने भन्ने एकिन नभएको र कर्मचारी संख्या भने करिव ३० जना जति दरबन्दी कायम हुने उहाको भनाई रहेको छ । छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल ८ सय ४३ वर्गकिलोमिटर रहने छ ।
सरकारले डोल्पा र मुगु समेटिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मुगु तर्फको भू भागलाई टुक्र्याएर मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका १, ३ र ४ नम्बर वडा समेट्ने गरी छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गरेका छ । डोल्फू, कार्ति, किम्री, लगायत बस्तीका स्थानीय सेवा सुबिधा लिन एक साता हिडेर डोल्पा शेफोक्सुण्डो राष्टिय निकुञ्ज जानु पर्ने दुःख कष्टलाई मध्येनजर गरि स्थानीयलाई सहज सुबिधा प्रदान गर्ने लक्ष्य बमोजिम पूर्व वनमन्त्री शाहीले अलग निकुञ्ज स्थापना गर्न पहल गर्नु भएको हो ।