मुगु —कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिनका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरि सक्नु भएको छ ।
नेपाली कम्यूनिष्ट पार्टीका संसदीय दल नेता समेत रहने शाहीले गत साउन १२ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन । प्रदेश सरकार गठनका लागि केन्द्रमा एमाले र नेकपा बीच भएको सत्ता समिकरणको सहमति बमोजिम शाही मुख्यमन्त्री नियुक्त भएका छन ।
मुख्यमन्त्री नियुक्त भएको आज सम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन । एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको भागबण्डा नमिल्दा शाहीलाई मन्त्रीपरिषद बिस्तार गर्न कठिनाई भएको छ ।
त्यसका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।