मुगु —कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन । बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उनलाई विश्वासको मत दिएका छन . शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । दुई मत तटस्थ रहेको छ । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त शाहीले २३ दिनपछि विश्वासको मत लिएका छन ।