मुगु —कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनर्निर्माणका लागि २ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले रसुवाको भोटेकोशी आएको बाढी बाट प्रभावित नागरिकहरुलाई राहत उद्धार, तथा पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि कर्णाली प्रदेश सरकारद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड जम्मा गर्ने निर्णय गरेको छ ।