आइतवार, भदौ २१, २०८३
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • पत्रकार ज्योति कटुवाललाई उत्कृष्टता पुरस्कार प्रदान

पत्रकार ज्योति कटुवाललाई उत्कृष्टता पुरस्कार प्रदान

  • शनिबार, भदौ २०, २०८३
पत्रकार ज्योति कटुवाललाई उत्कृष्टता पुरस्कार प्रदान

मुगु —कर्णालीमा पत्रकारिता तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार ज्योति कटुवाललाई ‘आन्तरिक उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ ।
नेपाल सरकारको सहकार्यमा एस. राज प्रोडक्सन्स प्रालि, कमला मोडल इन्टरटेन्मेन्ट प्रालि तथा जनजागरण सामाजिक फाउन्डेसन ट्रस्टद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री उपेन्द्र यादवले कटुवाललाई पुरस्कार हस्तान्तरण गरेका छन ।

कटुवालले कर्णालीका दुर्गम क्षेत्रका महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा सीमान्तकृत समुदायका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्।
विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सुत्केरी महिला तथा नवजात शिशुको उद्धार र उपचारसँग सम्बन्धित उनका रिपोर्टले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

पत्रकारितासँगै सामाजिक अभियानमा समेत सक्रिय कटुवालले श्रीज्योति फाउन्डेसनमार्फत कर्णालीका १० जिल्लाका शिक्षाबाट वञ्चित तथा विपन्न छोरीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन । कटुवाल  एक दशकदेखि कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत छन ।

चर्चामा

सम्बन्धित समाचार