बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • देशव्यापी भ्रमणमा निस्कने शेरबहादुरको घोषणा

देशव्यापी भ्रमणमा निस्कने शेरबहादुरको घोषणा

  • बुधबार, भदौ २४, २०८३
देशव्यापी भ्रमणमा निस्कने शेरबहादुरको घोषणा

भक्तपुर —भक्तपुर —नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले देशब्यापी भ्रमणमा जाने घोषणा गरेका छन कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशव्यापी भ्रमणमा निस्कने घोषणा गरेका हुन् । म देशभरि घुमेर फेरि जनताको पक्षमा जाने विश्वास दिलाउँदै, जो लाग्नु भएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै फेरि पनि सर्वोच्च अदालतबाट हामीलाई न्याय मिल्ने छ भन्ने विश्वास व्यक्त गर्छु, उहाको भनाई छ । देउवाले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर बताए । देउवाले जतिसुकै षड्यन्त्र भएपनि आफूहरूले आधिकारिकता पाउने विश्वास व्यक्त गरे ।

देउवा भने, ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । कुनै हालतमा मान्दैनौँ । रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौ देउवाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार