सुर्खेत —कर्णाली प्रदेश सरकार मुख्यमन्त्री मंगलबहादुर शाहीले समृद्धि कर्णाली सुखारी कर्णालीवासीको संकल्प पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले संविधानको मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्न सबैलाई आह्वान गर्नु भएको छ । शिक्षा स्वास्थ्य र रोजकारका अवसरहरु सिर्जना गर्दै संविधानले जनताका मौलिक अधिकारहरु नागारिकको घरदैलोसम्म पुर्याउन हामी प्रतिबद्ध छों उहाको भनाई छ ।
मुख्यमन्त्री शाहीको अनुसार नेपालको संबिधानले सदियौ देखि बिभेद उत्पीडित र केन्द्रकृति राज्य ब्याबस्थाको अत्त गर्दै बिबिधायुक्त नेपाली समाजलाई राष्टिय एकताको सुत्रमा बाध्न काम गरेको छ ।
जनतालाई नै राज्यशक्तिको श्रोतका रुपमा स्थापित सार्बभौम र सम्र्पुभता जनतामा निहित गराएको यो संबिधानले कर्णाली जस्तो भौगोलिक रुपमा बिकटता र सम्भावनाले भरिपूर्ण क्षेत्रलाई अधिकार सम्पन्न बनाएको उहाको भनाई छ ।
राजनीतिक अधिकारको चरण प्राप्ति भइसकेको अबको हाम्रो मुख्य लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु रहेको मुख्यमन्त्रिले बताउनु भयो ।
समृद्ध कर्णाली सुखारी कार्णालीवासीको संकल्प पूरा गर्न प्रदेश सरकार निरन्तर क्रियासिल रहेको मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । साधन श्रोतको कुसल प्रयोग पूर्बाधार बिकास शिक्षा स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्दै संबिधानले ग्यारेन्टी गरेका मौलिक अधिकारहरु नागरिकहरुको घरदैलो सम्म पुरयाउन हामी प्रतिबद्धछौ मुख्यमन्त्रीको भनाई छ ।
यस राष्टिय दिवसले हामी सबैलाई संबिधानको संरक्षण प्रर्बधन र सफल कार्यन्वयन गर्दै कर्णालीको समय रुपान्तरण र समृद्धिका लागि मन बचन र कर्मले समर्पित हुने प्रेरणा प्रदान गरोस भन्ने कामना गर्दछु मुख्यमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।