काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते सम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले बर्षाको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्नसमेत अनुरोध गर्नु भएको छ । पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोला नजिकका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्रधानन्त्रीले आग्रह गर्नु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा १–२ स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ ।