हुम्ला — हुम्लाको उच्च हिमाली क्षेत्रमा बर्षासंगै हिमपात भएको छ । शुक्रबार मध्यरातदेखि वर्षा सुरु भएपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को नारा, वडा नम्बर ६ को न्यालु लगायत आसपासका क्षेत्रमा बिहानैदेखि हिमपात भएको छ । नाम्खा–५ का वडाध्यक्ष पाल्जोर लामाका अनुसार नारा लेक र त्यस आसपासका उच्च क्षेत्रमा हल्का हिमपात भइरहेको छ । नाम्खाको लिमी, चाला र न्यालु आसपासका उच्च भेगमा समेत हिमपात भएको छ
सिमकोट सदरमुकाम सिमकोट आसपासका मिनि सैपाल हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिउँ परेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले पहिरा बाढी तथा सडक अवरोधबाट हुन सक्ने क्षतिप्रति सचेत रहन आग्रह गरिएको हा ।