शनिबार, अशोज २४, २०८३
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • हुम्ला सर्केगाड पालिका कांग्रेस सभापतिमा जीवन फडेरा चयन

हुम्ला सर्केगाड पालिका कांग्रेस सभापतिमा जीवन फडेरा चयन

  • शुक्रबार, अशोज २३, २०८३
हुम्ला सर्केगाड पालिका कांग्रेस सभापतिमा जीवन फडेरा  चयन

हुम्ला —हुम्लाको सर्केगाड गाउँपालिकामा नेपाली कांग्रेसको संस्थापन इतर पक्षबाट युवा नेता जीवन फडेरा  गाउँपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन गरिएको हो। उक्त अधिवेशनबाट सर्केगाड गाउँपालिका–३ निवासी फडेरा सभापति पदमा निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधिले जानकारी दिएका छन्।

फडेराले काठमाडौंस्थित महेन्द्ररत्न क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत आफ्नो विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय हुँदै आएका उनी युवा अवस्थामै गाउँपालिका सभापतिको जिम्मेवारीमा पुगेका हुन्।

सभापतिमा निर्वाचित भएपछि फडेराले पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा कदर गर्दै पालिकास्तरमा पार्टी संगठनको गठन, विस्तार र सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। उनको नेतृत्वमा सर्केगाड गाउँपालिकामा पार्टी संगठनलाई थप व्यवस्थित र सशक्त बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार