सोमवार, अशोज २६, २०८३
सोमवार, अशोज २६, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • बुढीगण्डकीमा आएको भिषण बाढीले ४० घर बगायो ६ जनाको हवाई उद्धार

बुढीगण्डकीमा आएको भिषण बाढीले ४० घर बगायो ६ जनाको हवाई उद्धार

  • आइतवार, अशोज २५, २०८३
बुढीगण्डकीमा  आएको  भिषण बाढीले ४० घर बगायो ६ जनाको हवाई उद्धार

काठमाडौ —गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा  आज बिहान आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा ३५ देखि ४० वटासम्म घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका घरहरू बगाएको हो। चुमनुब्री गाउँपालिकाका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकाटाका अनुसार बाढीले ती क्षेत्रका घरमा क्षति पु¥याएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको र उद्धारका लागि हेलिकप्टरसमेत परिचालन गरिएको उनले बताए।
बाढीले बुढीगण्डकी हाइड्रोपावरसँगै दोभानखोला हाइड्रोपावरको बेलिब्रिज र घरहरू पनि बगाएको छ। त्यस्तै, यारुखोलाको बेलिब्रिज र भवनसमेत बाढीले बगाएको जनाइएको छ।

बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेका गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका हुन्।

चर्चामा

सम्बन्धित समाचार