मुगु —जिल्लामा लगातार बर्षाले जनजीवन प्रभावित पारेको छ । गत असार १९ गते राति देखि निरन्तर बर्षा सुरु भएको र अझै नरोकिने जनजीवन त्रसित बनेको छ ।
लगातारको बर्षाले स्थानीयलाई खेतीपाती देखि बाहिर हिडडुल गर्न चौपाय बस्तु चराउन कठिनाई भएको छ । करिव ५ दिन देखिको लगातार बर्षाले जनजीवन प्रभावित बनाएको छाया“नाथ रारा नगरपालिका—१ का वडाअध्यक्ष पदमराज मल्लले बताए ।
वडाअध्यक्ष मल्लका अनुसार भारी बर्षाले जिल्ला भित्रका ग्रामिण सडक देखि बाहिरका राजमार्ग समेत अबरुद्ध भएका छन । जिल्लाको एक मात्र हवाई सेवा चार दिन देखि ठप्प भएको छ । भारी बर्षाले सडक देखि हवाई सेवा बन्द हुदा कर्मचारी स्थानीय ब्यापारीलाई आउजाउ गर्न र समान आयात गर्न बाधा भएको छ ।
कर्णाली नदी देखि खोलानालामा पानीको सहत बढदै जान थालेको छ । बर्षाले गमगाढ खोलामा बाढी आउन थालेपछि गमगाढ जलबिद्युत आयोजना समेत अबरुद्ध हुन थालेको जिल्ला सदरमुकामबासी मर्कामा पर्न थालेका छन झरीले गमगढी बजार क्षेत्रको मुख्य खानेपानी झयारी खोला बाट धमिलो पानी आउन थालेको छ । पानीको अन्यत्र बिकल्प नहु“दा बजारबसी धमिलो पानी खान बाध्य भएका छन ।
लगातारको झरीले टेलिकमको नेटवर्कमा पनि गडबढी हुन थालेको छ । ग्रामिण भेगमा शौर्यउर्जामा संचालन टेलिकमका टावरमा नेटवर्क आउने गर्न थालेको छ ।
बर्षाले बिद्युत सेवा देखि टेलिकम नेटवर्कमा पनि समस्या उत्पन्न गराएको शिक्षक कबिराज कार्कीले भने झरी पर्न थालेको ५ दिन भइसक्यो रोकिदैन बाहिर हिडडुल गर्न कठिनाई छ । निरन्तर बर्षा हुन थालेपछि गत बर्षको पहिरोले जोखिममा परेका बस्तीका स्थानीय त्रसित हुदै अन्यत्र सर्न तयारी गर्न थालेका छन ।
२०७९ साल असोज १९ देखि २३ गते सम्मको भीषण बाढीपहिरोले छाया“नाथ रारा नगरपालिकाको झयारी र सालिम गाउ“ उच्च जोखिम बनाएको अहिले फेरी लगातार बर्षा हुन थालेपछि त्यहा“का स्थानीय सुरक्षा खोज्न थालेका छन ।
मनसुनजन्यले बिपत्तले निम्त्याउन सक्ने बाढी पहिरो जस्ता क्षेतिलाई मध्येनजर गरि उद्धारको नेपाली सेना, नेपाल शसस्त्र प्रहरी बल र नेपाल प्रहरी गरि करिव डेढ सय तालिम प्राप्त सुरक्षाकर्मी औजार सहित तयारी अबस्था राखिएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको भनाई छ ।
यो बर्षको बाढी पहिरो बाट मुगुमा करिव ५० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आकल गरि उद्धार तथा राहातको लागि सरकारी निकाय गैसस नेपाल रेडक्रसलाई तयारी अबस्था राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।