शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा यार्चा र समान लुटने समुह पक्राउ गरि सार्बजनिक

मुगुमा यार्चा र समान लुटने समुह पक्राउ गरि सार्बजनिक

  • सोमवार, असार २४, २०८१
मुगुमा यार्चा र समान लुटने समुह  पक्राउ गरि सार्बजनिक

मुगु—नेपाल प्रहरीले मुगुमा यार्चा लगायत समान र लुटपाट गर्ने लुटेरा समुहलाई अत्याधुनिक हतियार सहित पक्राउ गरि सार्बजनिक गरेको छ ।
गत जेठ १२ गते मुगुम कार्मारोङ गाउ“पालिकाको डोल्फू गाउ“मा स्थानीय यार्चा टिप्न पाटन गएको मौका छोपि अज्ञात समुहले दिउसै गाउ“ लुटपाट गरेको र लुटेरा समुह पक्राउ गर्न प्रहरीले चौतर्फी नाकाहरुमा अनुुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरि लुटेरा समुहका तीनलाई सार्वजनिक गरेको छ । जुम्ला पातारासी गाउ“पालिका—३ महरी गाउ“को चनेलेखको पाटन बाट अत्याधुनिक हतियार सहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको र पक्राउ परेका ६ जना मध्ये ३ जना मात्र प्रत्यक्ष लुटपाटमा संलग्न रहेको प्रहरी नायव उपरिक्षक बीरेन्द थापाले बताए ।

घटना भएको करिव एक महिना पछि गाउ“ र यार्र्चा लुटपाट गर्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।
यार्चा र गाउ“ लुटेरा समुह जुम्ला जिल्लाकै भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउ“पालिका—३ का गणेश भण्डारी, पूर्ण प्रसाद भण्डारी, वडानं ४ का कमल थापा, घटना प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ । लुटपाटमा प्रयोग गरिने हतियार समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद गरिएका हतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पा“च सेट आर्मीको कम्ब्याट डेस एक वटा डकिङ झोला, एक सल, सुनको रिङ दुई थान सुनकै माडुली दुई थान रहेको प्रहरी नायव उपरिक्षकले थापाले जानकारी गराए ।
पक्राउ गरिएको यो समुह बिगत तीन बर्ष देखि मुगु, डोल्पा, जुम्लाको पाटन क्षेत्रमा पुगेर यार्सा लुटदै आएको प्रहरीले जनाएको छ । प्रहरीले आइताबार जिल्ला अदालत बाट लुटेरा समुहलाई थुना राखि अनुसन्धान गर्न २० दिनको अनुमति समेत लिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार