आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा जेठ १३ देखि यार्सा टिप्न पाटन प्रबेश खुल्ला

मुगुमा जेठ १३ देखि यार्सा टिप्न पाटन प्रबेश खुल्ला

  • सोमवार, जेष्ठ १३, २०८२
मुगुमा जेठ १३ देखि यार्सा टिप्न पाटन प्रबेश खुल्ला

मुगु— मुगुम कार्मारोङ गाउँपालिकामा जेठ १३ देखि यार्सा टिप्न स्थानीयलाई पाटन क्षेत्रमा अनुमति खुल्ला गरिने भएको छ ।गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाके लगायत ७ वटा स्थानमा पाइने यार्सागुम्बु संकलनका लागि जेठ १३ देखि पाटन क्षेत्र खुला गरिने पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनु भयोजिल्लावासीका लागि प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि २ हजार ५ सय वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । पाटन क्षेत्रमा यार्सा टिप्ने मौसम सुरुवाता संगै बिभिन्न जिल्ला बाट स्थानीयको ओइरो लागेको छ ।

मुगुम कार्मारोङ गाउपालिका १२ वटा बस्तीहरु सुनसान देखिन थालेका छन । यार्सा टिप्न सबै गाउले पाटन गएपछि गाउबस्ती सुनसान देखिन थालेको रोवा गाउका हस्त नेपालीले बताए । करिव ७ बर्ष उमेर देखिका युवा युवती सहित ६० बर्षका बृद्धा समेत पाटन यार्सा टिप्न जाने गरेका छन । यार्सा टिप्न समयमा बिधार्थी समेत पाटन जाने गरेपछि एक महिन सम्म पढाइ प्रभावित हुने गरेको छ ।यार्सा संकलन क्षेत्रमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष लामाको भनाई छ ।

गत वर्ष यार्सा संकलन मार्फत गाउँपालिकाले ७१ लाख राजस्व संकलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी ८० लाखसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्षको भनाई छ ।यार्सा संकलन लाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । जेठ १३ गते यार्सा टिप्न पाटन गएका स्थानीय करिव दुई महिना पछि घर फर्किने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार