
मुगु —कर्णाली कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले उक्त बजेट प्रस्तुत गर्नु भएको छ ।बजेटमा ५ प्रतिशतले वृद्धि भएको र पुँजीगत र चालु खर्चको विनियोजन गरिएको छ । यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख विनियोजन गरिएको छ ।