
मुगु–कर्णालीमा अझै मनसुन पुग्दा स्थानीय चिन्तित भएका छन असार लागि सक्दा पनि बर्षा नभई खडेरी अन्न बाली जलेर नष्ट हुन थालेपछि स्थानीयलाई निरासा छाएको छ ।बिगत बर्षाहरुमा जेठ अन्तिम सातामै मनसुन सक्रिय भई बर्षा हुने गरेको भएपनि अहिले कर्णालीमा असार पहिलो साता सम्म खडेरीले स्थानीयलाई काकाकुल बनाएको छ । खडेरीले गर्दा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट जिल्लाका कृषकहरुलाई अन्नबाली लगाउन र धान रोपाई गर्न कठिनाई भएको छ ।
खडेरीले अन्नबाली जलि सक्यो बर्षा हुदैन मुगु सोरु गाउपालिकाका धन प्रसाद जैसीले बताए ।
खडेरीले कार्तिके बाली लगाउन नपाउदा निरास भएर बस्नु पर्ने उनको भनाई छ सिचाईको सहज भएका स्थानीयले मुश्किल धान रोपाई गरेका छन भने पानी नै नभएको बस्तीका स्थानीय आकासे बर्षाको प्रतिक्षामा छन ।
कर्णालीमा अझै मनसुन सुरु भएन हुम्ला अदानचुली गाउपालिकाका मुनबहादुर बुडाले भने खडेरीले बनपाखा जलि सके अन्नबाली सुकिसक्यो । अन्नबाली रोप्ने असार महिना बर्षा नभए कहिले होला उनले भने यहि अबस्था हो भने यो बर्षा कर्णाली किसान बाली नगाउन पाइने अबस्था हुन सक्छ । बनपाखामा रुख बिरुवा र घास सुकेपछि चौपाय बस्तुलाई समेत जोगाउन मुश्किल भएको स्थानीयको भनाई छ । खडेरीले गर्दा कर्णालीका खोलानालामा पानीको सतह घटेको छ । पानीका मुहान सुक्न थालेका छन ।
सिचाईको सुबिधा भएको जुम्ला सिंजा क्षेत्रका स्थानीयले भने मार्सि धान रोपाई गरेका छन । त्यस्तै सिचाईको सहज भएको मुगु जिल्लाको औल बस्तीका स्थानीयले मुश्किल खेतमा धान रोपाई गरेका छन भने लेकतिरका स्थानीय बर्षाको प्रतिक्षा गदै अन्नबाली लगाउन ढिलाई भएको छ ।
बर्षा नै हुदै कसरी बाली लगाउने हुम्ला तुम्च गाउका जयराम बढाले सुनाए । बनमा घास नहुदा गाई बाख्रा चराउन कठिनाई भएको उनको भनाई छ ।
खडेरीले गर्दा अत्याधिक गर्मी बढेको दिउस यताउता हिडुन गर्न गाह्रो हुने गरेको स्थानीयको भनाई छ । असार महिना सुरु भई सक्दा पनि कर्णालीमा मनसुन अझै नभित्रिदा किसानलाई अन्नबाली रोप्न गाह्रो भएको मुगु जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।