आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • सोरु गाउँपालिकाको नीति : स्वास्थ्य स्वयम सेविकालाई मोवाइल सेट र रिचार्ज कार्ड

सोरु गाउँपालिकाको नीति : स्वास्थ्य स्वयम सेविकालाई मोवाइल सेट र रिचार्ज कार्ड

  • मङ्लबार, असार १०, २०८२
सोरु गाउँपालिकाको नीति : स्वास्थ्य स्वयम सेविकालाई मोवाइल सेट र रिचार्ज  कार्ड

मुगु —सोरु गाउँपालिकाले  स्वास्थ्य स्वयम सेविकाहरुलाई मोवाइल  एक सेट र एक सय रिचार्ज कार्डको दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।मंगलबार आयोजित सोरु गाउँपालिकाको १६ औ  गाउसभा तथा बजेट अधिबेसनमा अध्यक्ष  धर्मबहादुर शाहीले प्रस्तुत  गरेको आर्थिक बर्ष २०८२÷०८३ गरेको नीति तथा कार्यक्रममा आगामी बर्ष देखि वडानं १ देखि ११   वडामा कार्यरत  सबै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक सेट मोवाइल र रिचार्ज कार्डको ब्याबस्था गर्ने बताएका छन ।
स्वास्थ्य स्वयम सेविकालाई संचार क्षेत्रमा पहुच बृद्धि गर्ने उदेश्य अनुरुप गाउ“पालिकाले मोवाइल सेट र रिचार्ज कार्ड ब्याबस्था गर्ने नीति तथा कार्यक्रममै उल्लेख गरेको छ ।पालिकाको उक्त नीति तथा कार्यक्रममा एक पुरुष भत्ता समेत ब्याबस्था गरिने उल्लेख गरिएको छ । सोरु गाउ“पालिकाको १६ औ बजेट अधिबेसनमा उपाध्यक्ष केशर बहादुर शाहीले आर्थिक बर्ष २०८२। ०८३ को लागि ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२  रुपैया बजेट प्रस्तुत गरेका छन ।उक्त कुल बजेट मध्ये पुजीगत तर्फ २२ करोड २५ लाख ४२ हजार र चालु तर्फ ३५ करोड ६९ लाख ५ हजार ५ सय ८२ रहेको छ । सोरु गाउँपालिकाले तोकिएको समयमै बजेट पारित गर्नु सफल भएको छ ।

चर्चामा

सम्बन्धित समाचार