
तस्विर कविराज कार्की
मुगु — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बढदो युवा पलायन रोक्न प्राबिधिक शिक्षाको अचि आबश्यक रहेको बताउनु भएको छ । आइतबार मुगु गमगढी स्थित नमुना महाकाली सिभिल इन्जिनियरिङ अध्यायनको उदघाटन गर्दै मन्त्री शाहीले प्राबिधिक शिक्षाले स्वदेशमै रोजगारी सिर्जना हुने र युवाहरुको बिदेश पलायनमा कमी आउने बताएका छन ।
दुर्गम झन प्राबिधिक शिक्षा अति खा“चो देखिएको मन्त्री शाहीले भने दुर्गमका बिधार्थीलाई शहरमा गएर प्राबिधिक शिक्षा अध्यायन गर्न बढी खर्च लाग्ने भएकोले यहा“ प्राबिधिक शिक्षाको आबश्यक छ । प्राविधिक धारा सिभिल इन्जिनियरशिक्षाको आरम्भसँगै मुगुमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्रीले बताउनु भएको छ । सिभिल इन्जिनियरिङ अध्यायनले जिल्लाको पूर्बाधार विकास निर्माण कार्यमा टेवा पुग्ने मन्त्रीको भनाई छ ।मन्त्री शाहीका अनुसार सिभिल इन्जिनियरिङ पढने विद्यार्थीले आफ्नै गाउँमा सडक, भवन, पुल तथा अन्य संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गर्नु भयो । पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य मंगल बहादुर शाहीले यो ऐतिहासिक कदमसँगै मुगुमा शिक्षाको गुणस्तर मात्र नभई आर्थिक, सामाजिक र भौतिक विकासमा समेत सकारात्मक प्रभाव बताउनु भएको छ ।
त्यसै गरि जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीले मुगुमा प्राविधिक शिक्षाको आधार निर्माण भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन मुगुका तीन वटै स्थानीयतह बीच सहकार्य आवश्यक रहेको बताएका छन । छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सिभिल इन्जिनियरिङ विषय सुरु हुनु नगरकै लागि खुशीको कुरा भएको बताए । स्थानीय तहले सम्भव भएसम्म विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । गमगढी स्थित महाकाली नमुना माध्यमिक विद्यालय गमगढी मुगुमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषय पठनपाठन सुरु गरिएको छ । प्रथम वर्ष ५५ जना भर्ना रहेको नमुना महाकाली माध्यमिक बिद्यालयले जनाएको छ ।