शुक्रबार, भदौ २७, २०८२
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा ऐतिहासकै बढी बजेट आएको छ, : वनमन्त्री शाही

मुगुमा ऐतिहासकै बढी बजेट आएको छ, : वनमन्त्री शाही

  • मङ्लबार, भदौ १७, २०८२
मुगुमा ऐतिहासकै बढी बजेट आएको छ, : वनमन्त्री शाही

मुगु—नेपाल सरकारका  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले  मुगुमा ऐतिहासकै बढी बजेट आएको बताएका छन । मुगुले नेपाल सरकारको संघीय वनमन्त्री पाएपछि ऐतिहासमै बढी बजेट आएको उहाको भनाई छ । मन्त्रीले भने गणतन्त्र आएपछि मुगुले बिकास निर्माणमा तिब्र रुपमा गति लिएको बताएका छन । मुगु भीई गुरादेउताको नवनिर्मित मन्दिरको उदघाटन गर्दै वनमन्त्री शाहीले दुर्गम भनेर चिनिने मुगुले पछिल्लो पटक बिकासले फड्को मारेको बताउनु भएको छ ।

मुगुमा बिकास भएन भनेर कोही कसैले निरास मान्नु पर्ने अबस्था छैन मन्त्री शाहीले भने प्रत्येक गाउ“बस्तीमा मोटर बाटो पुगिसकेको घरमै गाडी चढेर शहर पुग्ने दिन आएका छन । मोटर बाटोले गर्दा गाउको उत्पादन शहर पुग्न थालेको उहा“को भनाई छ । मन्त्री शाहीका अनुसार बत्तीले गाउ“घर झिलिमिलि बन्दै गएका छन स्वास्थ्य चौकी बिद्यालय भवन निर्माण भएका छन । खोला र कर्णाली नदीमा पुले बेलिब्रिज निर्माण भएको परम्परागत तुइनको अन्त भएको, जीर्ण मठमिन्दर जीर्णोद्धार गरिएको मन्त्रीको भनाई छ ।

मुगुका गाउ“बस्तीमा मोवाइल सेवा बिस्तार भएको इन्टरनेट फोरजी सेवा सुचारु हुदा मुगुबासी इन्टरनेटको पहुचसंगै संसारमा जोडिएको यहाका बिद्यालयहरुमा प्राबिधिक शिक्षा पढाइ हुने थालेको मन्त्रीको भनाई छ । नकरात्मक सोच र चिन्तनलाई अन्त गरि रिसले होइन उत्साह खुशीको साथ राजनीतिक प्रतिस्पर्धा गरौ मन्त्री शाहीको भनाई छ । मुगुले नेपाल सरकारको संघीय वनमन्त्री पाएपछि ऐतिहासमै बढी बजेट आएको उहाको भनाई छ । मन्त्रीले भने यहाका देबि देउतालाई साक्षी राखेर निर्बाचनको बेला गरेका बा“च पुरा गर्दै गएका छौ ।

तपाईको अमुल्यमतको कदर गर्दै जनताको चाहाना अनुसार मुगुको बिकास निर्माण रातदिन खटिएर लागि रहेको मन्त्रीले बताउनु भएको छ । हामी सबैकौ पहल कदममा ऐतिहासकाल देखि जीर्ण अबस्था रहेको प्रसिद्ध भीई गुरादेउताको मन्दिर आधुनिक कलात्मक शैली बनेको मन्त्रीको भनाई छ । मन्त्रीका अनुसार जिल्लाको समग्र बिकास निर्माणमा राजनीतिक समझदारी अति आबश्यक छ । मन्त्री शाहीले भने मुगुम कार्मारोङ गाउपालिका डोल्फू क्षेत्रका स्थानीयको दुःख मर्कालाई मध्यनजर शे—फोक्सुण्डो सित जोडिएको मुगुको भू—भागलाई अलग बनाएर छुट्टै छाया“नाथ राष्ट्रिय निकुञ्ज बनाउने नेपाल सरकारले निर्णय गरेको छ ।

गमगढी रारा हुदै खत्याड जोडने सडक निर्माणका लागि यो चालु आबमा ६ करोड बजेट बिनियोजन भइसकेको र प्रकृया पुरा गरि चाडौ निर्माण कार्य थालनी गरिने मन्त्रीको भनाई छ । उहाका अनुसार मुगुको बिकास निर्माण सबैको सहभागीता आबश्यक रहेको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार