मुगु— नेपाली कांग्रेस मुगु बाट प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ चर्चित कालोपोथी फिल्मका निर्देशक मीन भामलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ । बुधबार बसेको मुगु जिल्ला नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा र केशरकला मल्लको नाम सिफारिस गरिएको छ ।