मुगु —राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर बाट १ प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय कार्यसमिति ललितपुर क्षेत्र नम्बर १ को कार्यसमितिको बैठकले आगामी फागुन २१ गते निर्वाचनको लागि प्रत्यक्षतर्फ शाहीलाई ललितपुर जिल्लाबाट सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट शाही सहित परशुराम सिलवाल, रविन घिमिरेको नाम सिफारिस गरिएको हछ । समानुपातिक तर्फबाट विक्रम लामा,कौशल्या थापा,किशोर देसारको नाम सिफारिस भएको छ ।