सोमवार, चैत्र ३०, २०८२
सोमवार, चैत्र ३०, २०८२
  • होमपेज
  • बागमती प्रदेश
  • किर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनार भव्यरूपमा सम्पन्न

किर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनार भव्यरूपमा सम्पन्न

  • आइतवार, चैत्र २९, २०८२
किर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनार भव्यरूपमा सम्पन्न

काठमाडौ —नेपाल फुल कन्ट्याक्ट कराते महासंघद्वारा आयोजित राष्ट्रिय रेफ्री सेमिनार’ शनिबार एक विशेष समारोहका बीच भव्यरूपमा सम्पन्न भएको छ । खेल क्षेत्रको विकास र निर्णायकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सेमिनार सम्पन्न भएको हो ।
काठमाडौ किर्तिपुरको शुभकामना पार्टी प्यालेसमा भएको रेफ्री सेमिनारमा सुर्य बहादुर बुढाथोकीको सभापति र प्रमुख अतिथि भानबहादुर चन्दको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा पूर्व महासंघका अध्यक्ष दमन बस्नेत राखेपका बोर्ड सदस्यहरू जगत सिंह धामी र जगत टमाटाको उपस्थितिमा राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष तथा कार्यक्रमका सभापति सुर्यबहादुर बुढाथोकीले जानकारी गराउनु भयो ।

अध्यक्ष बुढाथोकीका अनुसार लुम्बिनी प्रदेश खेलकुद समिति सदस्य कल्पना आचार्य, विभिन्न संघका अध्यक्ष, शाखा प्रमुख, प्रशिक्षक, खेलाडीहरूको उल्लेखनीय सहभागिताले थियो ।
कार्यक्रममा प्रशिक्षकहरू प्रेमबहादुर तामाङ, राजु तुलादर र सुभाष काफ्लेले प्रशिक्षण प्रदान गरेका थिए भने राजेश्वर स्थापितले स्र्पोट साइन्स सम्बन्धी विशेष कक्षा सञ्चालन गरेका नेपाल फुल कन्ट्याक्ट कराते महासंघले जनाएको छ ।

कुल १ सय ३७ जना सहभागी रहेको सोही सेमिनारले रेफ्री प्रणाली, नियम–कानुन तथा व्यावहारिक ज्ञानमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको भनाई छ ।सहभागीहरूले प्रशिक्षणलाई अत्यन्त प्रभावकारी र उपयोगी भएको खेलाडीले प्रतिक्रिया दिएका छन । कार्यक्रमले अनुशासित, ज्ञानवद्र्धक र प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भई खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका केन्द्रिय सदस्य तथा सचिबालय सदस्य जगत बहादुर धामीले बताउनु भयो ।

उहाका अनुसार सेमिनारले दक्षता अभिवृद्धि अन्तर्राष्ट्रिय मापदण्डः खेलका नयाँ नियमहरू र अन्तर्राष्ट्रिय मापदण्डबारे गहन प्रशिक्षण तथा प्रयोगात्मक अभ्यासः सैद्धान्तिक ज्ञानमा महत्वपूर्ण टेवा पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार