सोमवार, जेष्ठ ४, २०८३
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • जुम्लाका धीरबहादुर र सुनमायालाई छायाँनाथ ट्रेल अल्ट्रा उपाधि

जुम्लाका धीरबहादुर र सुनमायालाई छायाँनाथ ट्रेल अल्ट्रा उपाधि

  • आइतवार, जेष्ठ ३, २०८३
जुम्लाका धीरबहादुर  र सुनमायालाई छायाँनाथ ट्रेल अल्ट्रा उपाधि

मुगु— जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकामा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन्।३३ किलोमिटर दूरीको प्रतियोगितामा धीरबहादुरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनमायाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारिन् ।

प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी ५८ जना धावक सहभागी भएका थिए, जसमा २३ जना अन्तर्राष्ट्रिय स्तरका खेलाडी थिए। विजेताले जनही दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार