सोमवार, जेष्ठ ४, २०८३
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • म्याराथन दौडमा कर्णाली जुम्लाका खेलाडीको किर्तिमान

म्याराथन दौडमा कर्णाली जुम्लाका खेलाडीको किर्तिमान

  • सोमवार, जेष्ठ ४, २०८३
म्याराथन दौडमा कर्णाली जुम्लाका खेलाडीको किर्तिमान

मुगु—नेपाली एथलेटिक्सको इतिहासमा जुम्ला र म्याराथन एक अर्काका पर्यायवाची जस्तै बनेका छन । पछिल्ला समयमा देशमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका म्याराथन प्रतियोगितामा जुम्लाका खेलाडीहरूले अग्रस्थान (वर्चस्व) कायम गर्दै आफ्नो विरासतलाई कायमै राखेका छन । भौगोलिक विकटता, उच्च हिमाली भूभाग र ’हाइ अल्टिच्युड’ मा गरिने कडा मिहिनेतका कारण जुम्लाका धावकहरूले हरेक म्याराथनमा उपाधि आफ्नो पोल्टामा पार्न सफल देखिएका छन ।

नेपालका एक ऐतिहासिक किर्तिमान धावक तथा प्रशिक्षक हरिबहादुर रोकाय र सुनमाया बुढा जस्ता स्थापित नामहरू मात्र होइन, जुम्ला बाट अहिले नयाँ पुस्ताका धावकहरू पनि म्याराथनमा तहल्का मच्चाइरहेका छन् ।
हालै मुगु र जुम्लामा सम्पन्न अल्ट्रा म्याराथन र ट्रेल रेसमा जुम्लाका खेलाडीहरूले प्रथम स्थान हासिल गरेका छन । साविकको कर्णाली मुगु र जुम्लामा यो बर्ष आयोजित तीन वटै म्याराथन जुम्लाले जीत हासिल गरेको छ । म्याराथन दौडमा जुम्ला अग्रस्थानमा देखिएको छ । गत बैशाख २६ मा भएको जुम्ला रारा अल्ट जुम्ला–रारा अल्ट्रा म्याराथन अन्तर्गत ५४ किलोमिटरको मुख्य दौडमा जुम्ला कनकासुन्दरी गाउँपालिका–१, जुम्लाका धावक धिर बहादुर बुढा प्रथम भएका छन । उनले ६ घण्टा १२ मिनेट दुरी पार गरि उपाधि जीत सफल भएका छन ।
त्यसै गरि गत बैशाख ३० गते भएको छैटौँ रारा ट्रेलरनको प्रथम उपाधि पनि जुम्लाले हात परेको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिकाका दल बहादुर कुवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका– २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि हात परेको छन । नेपाली सेना हनुमानध्वज गुल्मको आयोजना गरेको थियो ।

त्यसै गरि जेठ ३ गते मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसमा पनि जुम्लाले नै उपाधि जितेको छ ।
उक्त प्रतियोगीतामा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पार्न सफल भएका छन ।३३ किलोमिटर दूरीको प्रतियोगितामा धीरबहादुरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनमायाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारिन ।
सिमित स्रोत र साधनका बावजुद पनि म्याराथनको ट्र्याकमा जुम्लाले आफूलाई सधैँ अग्रस्थानमा उभ्याएको छ जुम्लाका खेलाडीहरु म्याराथन जीत हासिल गर्दा मलाई गर्भ लाग्छ हरिबहादुर रोकाया भन्छन म्याराथन दौडमा जुम्लाले राम्रो गरि रहेको छ । कर्णाली स्र्पोट क्लवले प्रशिक्षण दिइरहेको उनले बताए । अहिले प्रशिक्षणमा २० देखि २५ जना सहभागी रहेको रोकायाले सुनाए ।

बिस २०५२ साल देखि जुम्ला हाइअल्टीच्यूट म्याराथनको प्रशिक्षण सुरु भएको उहाको भनाई छ । रोकाया भन्छन सरकारले खेलाडीको मर्का समस्या बुझदैछन । जुम्लाको सिकाइन छिमेकी जिल्ला मुगु, हुम्ला, डोल्पाले पनि सिक्न आबश्यक छ ।जुम्ली धावकको लागि मात्र नभएर सिंगो कर्णालीका इज्जत मान प्रष्ठिान कायम राख्न र खेलाडी बर्गलाई उच्च सम्मान दिन नेपाल सरकारले ढिला नगरी विशेष प्याकेज र प्रशिक्षणको उचित ब्याबस्था गर्नु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार