बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • लगानीको पखाईमा मुगुको पर्यटकीय क्षेत्र कच्चेकोट

लगानीको पखाईमा मुगुको पर्यटकीय क्षेत्र कच्चेकोट

  • बिहिबार, जेष्ठ २१, २०८३
लगानीको पखाईमा मुगुको पर्यटकीय क्षेत्र कच्चेकोट

मुगु —प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगु सोरुको कच्चेकोट पहाडको थम्को यतिबेला उचित लगानी र पूर्वाधारको पखाईमा रहेको छ । मुगु कर्णाली नदीले फन्को लगाएको रमणीय स्थल पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावनायुक्त भए पनि सरोकारवाला निकायको ध्यान पुग्न नसक्दा गुमनाम जस्तै बनेको हो ।

वारपारि पाखा पखेरा बीचमा पहाड थुम्को र वरिपरि मुगु कर्णाली नदीले फेरो लगाएको मनोरम देखिने कच्चेकोट स्वच्छ वातावरण मुख्य विशेषता हो ।यहाँबाट मुगुका विभिन्न बस्तीहरू र प्राकृतिक भू–बनोटको सुन्दर दृश्य प्रष्ट रूपमा अवलोकन गर्न सकिन्छ । गर्मी छल्न र शान्त वातावरणमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र एउटा उत्कृष्ट गन्तव्य बन्न सक्ने स्थानीय डबलबहादुर बिष्टले बताए ।

कच्चेकोट पर्यटनको प्रचुर सम्भावना छ, तर यहाँ न त राम्रो बाटो छ, न त बस्ने–खाने व्यवस्था नै बिष्टले भने सरकार वा निजी क्षेत्रले थोरै मात्र लगानी गरिदिए यो क्षेत्र उत्कृष्ट पर्यटकीय केन्द्र बन्ने थियो ।पर्यटक पदयात्रीहरू लागि यहाँ पुग्न निकै सजिलो छ । जिल्ला सदरमुकाम गमगढी देखि कच्चेकोट हुदै तारपानी सोरुकोट नार्थपु गुल्मा पारि कर्णाली करिडोर जोडने सडक निर्माण भइसकेको छ । रारा बाट सवारी साधन मार्फत कच्चेकोट पुग्न आधा समय लाग्ने गरेको स्थानीयको भनाई छ ।
रारा घुम्न आउने पर्यटकको लागि कच्चेकोट अवलोकन गर्न अति आबश्यक देखिएको स्थानीय कलबहादुर कार्कीले भने यसलाई पर्यटकिय गन्तब्यमा बिकास गर्न संघ प्रदेश सरकारले ध्यान दिनु पर्ने आबश्यक छ । स्थानीय बुढापाकाका भनाई अनुसार कोटेराजाहरुको दरबार हो । यहा ओखल पाटी पौवा जीर्ण अबस्थामा छन । कच्चेकोटको टुप्पो बाट तल कर्णाली नदी सम्म भित्रि गुफा पनि रहेको स्थानीयको भनाई छ ।

यहाँ भ्यू–टावर, आरामदायी रिसोर्ट र वनभोज स्थल (पिकनिक स्पट) निर्माण गर्न सके यसले मुगुको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको भएपनि पूर्बाधार अभाव ओझेलमा छ प्राकृतिक उपहारका रूपमा रहेको कच्चेकोट पहाडको थम्कोलाई पर्यटकीय हब बनाउन अब ढिला नगरी सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी बढाउनु आवश्यक देखिन्छ । फोटो कबिराज कार्की 

चर्चामा

सम्बन्धित समाचार