काठमाडौ —नेपालमा फुलकन्ट्याक्ट कराँते खेलको विकास र खेलाडीहरूको व्यावसायिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘प्रथम राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता’ आयोजना हुने भएको छ। उक्त प्रतियोगीता यही जेठ २३ र २४ गते काठमाडौ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुल परिषदको कवडहलमा प्रथम राष्ट्रिय फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप २०८३ को आयोजना गरिने भएको छ । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको आयोजनामा संचालन गरि उक्त प्रतियोगीता जेठ २३ र २४ गते सम्म प भब्य रुपमा संचालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा सात वटै प्रदेशस्तर बाट छनौट भएका खेलाडीहरु बिभागिय नेपाल आर्मी, शसस्त्र प्रहरी वल नेपाल प्रहरी करिव १२५ जना खेलाडीहरु सहभागी रहने नेपाल फुलकन्ट्याक्ट कराँते महासंघका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले जानकारी गराउनु भयो । अध्यक्ष बुढाथोकीका अनुसार खेलमा पुरुष खुल्ला तौल, महिला खुल्ला तौल, महिला पुरुष तौल समुहबीच खेल प्रतिस्पर्धा गरिने छ ।
खेल प्रतियोगीतामा महिलन ५० केजी मूनि र पुरुष ५५ केजी मुनिका सहभागी रहने अध्यक्षको भनाई छ । दुई दिन सम्म संचालन हुने उक्त खेलको उदघाटन खेलकुद परिषदका सदस्य सचिव बाट गरिने नेपाल फुलकन्ट्याक्ट कराँते महासंघले जनाएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय र त्रितिय हुने खेलाडीहरुलाई मेडल प्रमाण पत्र र नगद पुरस्कारको ब्यबस्था गरिएको अध्यक्ष बुढाथोकीको भनाई रहेको छ ।
अध्यक्ष बुढाथोकी भन्छन प्रतियोगीतामा प्रथम हुने खेलाडीलाई नगद २० हजार सहित मेडल प्रमाण पत्र, द्धितिय हुने खेलाडीलाई १० हजार नगद सहित मेडल प्रमाण पत्र र त्रितिय हुने खेलाडीलाई ५ हजार नगद सहित मेडल र प्रमाण प्रदान गरिने छ । युवा खेलाडीहरुलाई प्रोत्साहन सहित खेलाडीहरुलाई राष्ट्यि तथा अन्तराष्टियस्तर परिचित गराउने उदेश्य अनुरुप यो प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष बुढाथाकीको भनाई रहेको छ । खेललाई भब्य र सब्य बनाउने सबैको सहयोग आबश्यक रहेको उनको भनाई छ ।