शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • खेलाडीलाई प्रोत्साहन गर्न राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगीता गर्न लागेका छौ, अध्यक्ष बुढाथोकी

खेलाडीलाई प्रोत्साहन गर्न राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगीता गर्न लागेका छौ, अध्यक्ष बुढाथोकी

  • शुक्रबार, जेष्ठ २२, २०८३
खेलाडीलाई प्रोत्साहन गर्न राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगीता गर्न लागेका छौ, अध्यक्ष बुढाथोकी

खेलाडीलाई प्रोत्साहन गर्न राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगीता आयोजना गरिएको हो, अध्यक्ष बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराँते संघको आयोजनामा प्रथम पटक काठमाडौमा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप २०८३ को भब्य रुपमा आयोजना हुदैछ । यस प्रतियोगीताको पूर्ण तयारी, उद्देश्य र भावी योजनाका बारेमा नेपाल फुलकन्ट्याक्ट कराँते संघका अध्यक्ष सुर्यबहादुर बुढाथोकीसँग गरिएको संक्षिप्त कुराकानी यस प्रकार छ ।
नेपालमा पहिलो पटक ’प्रथम राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८३ को आयोजना गर्दै हुनुहुन्छ, यसको उद्देश्य के हो ?

मुख्य उद्देश्य भनेको नेपालमा छरिएर रहेका फुलकन्ट्याक्ट कराँतेका खेलाडीहरूलाई एउटै राष्ट्रिय मञ्च प्रदान गर्नु र उनीहरूको प्रतिभालाई उजागर गर्नु हो । विगतमा विभिन्न विधा वा ब्रान्चहरूले आ–आफ्नै ढंगले प्रतियोगिता गर्दै आएका थिए। तर यस पटक हामीले सबैलाई समेटेर राष्ट्रिय स्तरको वृहत प्रतियोगिता गर्न लागेका छौँ जसले देशका लागि योग्य र दक्ष खेलाडीहरू उत्पादन गर्न मद्दत गर्नेछ । यसको अर्को उदेश्य खेलाडीलाई प्रोत्साहन र खेल जगतलाई राष्टिय तथा अन्तराष्टिय सम्म पहिचान गराउनु हो ।
प्रतियोगिताको प्राविधिक र व्यवस्थापकीय तयारी कहाँ पुग्यो? खेलाडीहरूको सहभागिता कस्तो रहनेछ ?

तयारी लगभग सकिएको छ । भोली बाट आयोजना हुदैछ । खेल मैदान (रिङ), रेफ्री तथा जजहरूको व्यवस्थापन र समन्वयका कामहरू पुरा भइसकेका छन । यस प्रतियोगितामा सातै प्रदेश, विभागीय टोलीहरू (सेना, प्रहरी, एपीएफ) र विभिन्न डोजोहरूबाट उत्कृष्ट खेलाडीहरू गरि करिव १२५ जनाको सहभागीता रहने छ ।

फुलकन्ट्याक्ट कराँतेलाई अलि बढी आक्रामक र जोखिमपूर्ण खेल मानिन्छ, खेलाडीहरूको सुरक्षा र स्वास्थ्यका लागि के–कस्ता उपायहरू अपनाउनुभएको छ ?

बाहिरबाट हेर्दा यो खेल आक्रामक देखिए पनि यसका आफ्नै कडा नियम र अनुशासनहरू हुन्छन् । तैपनि, खेलाडीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । प्रतियोगिता अवधिभर रिङ साइडमा औषधि चिकित्सक टिमको ब्याबस्था गरिने छ । खेल सुरु हुनुअघि सबै खेलाडीको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ र अन्तर्राष्ट्रिय नियम अनुसार सुरक्षा कवचहरूको प्रयोगलाई कडाइ गरिनेछ ।

खेलकुदमा सधैँ आर्थिक चुनौती मुख्य विषय बन्ने गर्छ। यस प्रतियोगिताका लागि बजेटको व्यवस्थापन कसरी भइरहेको छ र सरकारी निकायबाट कस्तो सहयोग पाउनुभएको छ ?

हो, आर्थिक पाटो सधैँ चुनौतीपूर्ण र कठिन छ । अहिले आर्थिक जुटाउन अति गाह्रो छ । तर, मुख्य बजेटका लागि हामीले साथीहरु संग बिदेशमा रहेका खेलप्रेमी र कर्पोरेट निजी क्षेत्रहरु संग सहयोग मागेर यो प्रतियोगीताको आयोजना गरेका हौ । आर्थिकको कठिनाईका बाबजुद पनि हामीले पहिलो पटक यो खेल आयोजना गर्न साहस गरेका छौ ।

यो प्रथम ऐतिहासिक प्रतियोगिता सकिएपछि नेपालमा फुलकन्ट्याक्ट कराँतेको विकासका लागि संघको आगामी योजना के छ ?

यो प्रतियोगिता त एउटा सुरुवात मात्र हो। यसबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई हामी विशेष बन्द प्रशिक्षणमा राख्नेछौँ र आगामी अन्तर्राष्ट्रिय तथा एशियन च्याम्पियनसिपका लागि तयार गर्नेछौँ। हाम्रो आगामी योजना भनेको विद्यालय स्तरदेखि नै ’ग्रासरुट’ कार्यक्रम सुरु गर्ने, कुना–काप्चामा रहेका प्रतिभा खोज्ने र नेपाली फुलकन्ट्याक्ट कराँतेलाई विश्वस्तरमा स्थापित गराउने नै हो।

अन्तमा तपाईको केही भनाई छ ?
यस प्रतियोगीतालाई भब्य र सब्य बनाउन सबैलाई हार्दिक अपिल गर्दछु । खेलमा सहभागीताको निम्ति अनुरोध गर्दुछु । अनी खेल अनुशासन, धैर्यता र निरन्तरको मिहिनेत नै फुलकन्ट्याक्ट कराँतेको मुटु हो । यो प्रतियोगिताले नेपाली मार्सल आट्र्सको इतिहासमा नयाँ आयाम थप्ने छ भन्ने आसा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार