शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोड बजेट सार्वजनिक

काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोड बजेट सार्वजनिक

  • शुक्रबार, असार ५, २०८३
काठमाडौं महानगरपालिकाको २५ अर्ब ८८ करोड बजेट सार्वजनिक

काठमाडौ —महानगरपालिकाले आगामी आर्थिक २०८३÷८४ का निम्ति २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार सार्वजनिक गरेको छ । बिहिबार आयोजित नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट सार्वजनिक गर्नु भएको होप्रस्तावित बजेट मध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ खर्च हुने उल्लेख गरिएको छ ।
आगामी वर्षका लागि आन्तरिक आय, बैंक मौज्दात तथा अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। कुल बजेटमध्ये २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट, ४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट र १ करोड रुपैयाँ जनसहभागिता बाट जुटाइने अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ । त्यसै गरि सामाजिक विकासका लागि २ अर्ब ४२ करोड रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५४ करोड रुपैयाँ तथा प्रशासनिक तथा सञ्चालन खर्चका लागि ४ अर्ब ७१ करोड बिनियोजन गरिएको छ ।

महानगरले वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ, स्वास्थ्य सेवाका लागि ७० करोड रुपैयाँ, सूचना प्रविधिमा ४१ करोड रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाले आगामी आर्थिक बर्षको बिनियोजित बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य सेवा विस्तार, एक वडा–एक उद्यम कार्यक्रम, रोजगारी सिर्जना तथा प्रदूषण नियन्त्रण ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि बजेटलाई प्राथमिकता राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार