आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • इटालीमा जुम्लाकी सुनमायाले रेकर्ड तोड्दै जितिन् अल्ट्रा ट्रेल उपाधि

इटालीमा जुम्लाकी सुनमायाले रेकर्ड तोड्दै जितिन् अल्ट्रा ट्रेल उपाधि

  • आइतवार, असार १४, २०८३
इटालीमा जुम्लाकी सुनमायाले रेकर्ड तोड्दै जितिन् अल्ट्रा ट्रेल उपाधि

मुगु —कर्णाली प्रदेश जुम्लाकी अल्ट्रा प्रशिद्ध धाविका सुनमाया बुढाले इटालीमा प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्न सफल भएकी छन ।

इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किमी दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी छन यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।

प्रतियोगिताको सुरुआती चरणमा सुनमायाले अष्ट्रेलियाकी धाविका लुसी बार्थोलोम्यूसँगै प्रतिस्पर्धा गरेकी थिइन् । तर दौडको निर्णायक चरणमा उनले गति बढाउँदै अग्रता बनाइन् र अन्तिम खण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएकी छन ।

प्रतियोगिता आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को ‘नयाँ क्विन’ घोषणा गरेको छ । साथै उनको सन्तुलित र रणनीतिक दौडको प्रशंसा समेत गरेको छ । आयोजकले सुनमायाले कोर्टिना द आम्पेज्जोमा इतिहास रच्दै १३ वर्ष पुरानो कोर्स रेकर्ड तोडेको उल्लेख गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार