बिहिबार, असार १८, २०८३
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द

  • बुधबार, असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द

काठमाडौ —चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द गरिएको निकुञ्जले जनाएको छ । वर्षात समयमा बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको निकुञ्जले जनाएको छ

।वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा बर्खातले बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए । अर्को सुचना जारी नभए सम्म सफारि नखुल्ने उनको भनाई छ । निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार