शनिबार, असार २७, २०८३
शनिबार, असार २७, २०८३
  • होमपेज
  • बागमती प्रदेश
  • काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी दिने घोषणा

काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी दिने घोषणा

  • शनिबार, असार २७, २०८३
काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई  रोजगारी दिने घोषणा

काठमाडौ —काठमाडौ  महानगरपालिकाले आत्मदाहको प्रयास गरी निधन भएका मुगु सोरु गाउपालिका —१ का २५ बर्षिय गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।
महानगरले शुक्रबार  बिज्ञप्ती जारी गरि मृतकका परिवारलाई रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ ।

घटनाको निष्पक्ष छानबिनका लागि गठन हुने सरकारी समितिमा पूर्ण सहयोग गर्ने महानगरपालिकाले जनाएको छ ।
गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्तानलाई निःशुल्क शिक्षा दिने बिषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरिने जनाएको छ । महानगरपालिकाले  यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न सबै नागरिकलाई अपिल गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार