मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली कांग्रेसले बिपी स्मृति दिवसमा ग्रिन रन आयोजना गर्दै

नेपाली कांग्रेसले बिपी स्मृति दिवसमा ग्रिन रन आयोजना गर्दै

  • सोमवार, साउन ४, २०८३
नेपाली कांग्रेसले बिपी स्मृति दिवसमा  ग्रिन रन आयोजना गर्दै

काठमाडौ —नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । कांग्रेसले् आज पत्रकार सम्मेलन गरि उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ नाराका साथ पाँच किलोमिटर दौड आयोजना गर्न लागेको बताउनु भयो । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्न लागेको हो ।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसाार कांग्रेसले ‘ग्रिन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जानकारी गराए
ग्रिन रन को आयोजना संगै जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरूद्वारा पेन्टिङ गरिने कांग्रेसले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार