मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • बर्खाको समयमा कर्णाली राजमार्ग र कर्णाली करिडोर स्थलगत अनुगमन गर्दै,: मन्त्री सुनिल लम्साल

बर्खाको समयमा कर्णाली राजमार्ग र कर्णाली करिडोर स्थलगत अनुगमन गर्दै,: मन्त्री सुनिल लम्साल

  • मङ्लबार, साउन ५, २०८३
बर्खाको समयमा कर्णाली राजमार्ग र कर्णाली करिडोर स्थलगत अनुगमन गर्दै,: मन्त्री सुनिल लम्साल

मुगु —संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले बर्खाको समयमा जोखिम बन्दै गएको कर्णाली राजमार्ग र कर्णाली करिडोर सडक स्थलगत अनुगमन तथा निरिक्षण गरि रहेका छन ।
राजमार्गको वास्तविक अवस्था बुझन यात्रुले भोग्नुपरेको सास्ती र पहिरोको जोखिम बारे वास्तविक जानकारी मन्त्री लम्साल आफै गाडी चलाएर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुदै जुम्ला सम्म पुगेर अनुगमन निरिक्षणमा गरिरहेका छन ।
सडक अनुगमनका क्रममा मन्त्री लम्सालले सर्बसाधारण स्थानीय, गाडी चालक, जनप्रतिनिधि, दलका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु संग छलफल गरि कर्णाली राजमार्गको बारेमा जानकारी लिनु भएको छ ।
अनुगमनकै क्रममा बर्खाको समय पहिरो खसेर सवारी साधन सडक अबरुद्ध भई यात्रुलाई सास्ती खेप्नु परेको समस्यालाई ध्यानमा राख्दै मन्त्रीले राजमार्गका जोखिमपूर्ण स्थानहरूमा २४ सै घण्टा डोजर (हेभी इक्विपमेन्ट) र प्राविधिक टोली तयारी अवस्थामा राख्न सडक डिभिजन कार्यालयलाई कडा निर्देशन दिएका छन्।

कर्णाली राजगार्ग अनुगमन गदै मन्त्री लम्साल जुम्ला पुगेको गुठिचौर पाटनमा पुगेर गोठालासँग भेट गरेका छन । गुठिचौरलाई सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके आकर्षणको केन्द्र बन्नेमा मन्त्रीले बताएका छन

मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत प्रत्यक्ष अनुगमन गरेका छन् ।
कर्णाली यात्रामा निस्किएकोले कर्णालीको दुःख प्रत्यक्ष रुपमा अनुभूत गर्ने मौका मिलेको मन्त्री लम्सालले सुनाए । बर्खामै आइयो एकदम ठिक भयो । सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो अब योजना तर्जुमा गर्न सहज हुनेछ, मन्त्री लम्सालको भनाई रहेको छ ।
जुम्लाका स्थानीय, जनप्रतिनिधिहरु कृषक अगुवाहरुले मन्त्री लम्साललाई कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गरेका छन । स्याउको निर्यातमा असहज हुने भन्दै दुई लेनको पक्की सडक बनाइदिन जुम्लीवासीले मन्त्री समक्ष आग्रह गरेका छन ।
जुम्ला बाट मन्त्री लम्सालले आफै गाडी चलाएर नाग्मा गमगढी सडक अनुगमन गर्दै हिजो मुगु पुगेका छन । मन्त्री लम्सालले कर्णालीको उत्कृष्ट पर्यटकिय गन्तब्य रारा पुगेर त्यहाको सौन्दर्य समस्या चुनौतीको बारेमा जानकारी दिएका छन ।

 

सोमबार कर्णाली राजमार्गको वास्तविक अवस्था बुझदै मुगु गमगढी आएर मन्त्री लम्सालले गमगढीमा जनप्रतिनिधि उद्योग बाणिज्य संघका प्रतिनिधि स्थानीय संग भेटघाट र छलफल गरेका छन ।

मुगु जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले मन्त्री सम्ष ताल्चादेखि सात मोडसम्मको सडक कालोपत्रे, पिना–बालै–गमगढी सडक विस्तार तथा रारा भ्रमणमा आउने पर्यटकलाई कम्तीमा एक रात गमगढीमा बस्ने वातावरण सिर्जना गर्न आवश्यक पूर्वाधार विकास गर्न आग्रह गरेका छन ।
सोरु गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीले सडक विस्तार, सडक स्तरोन्नति, पुल निर्माणलगायत जिल्लाका विभिन्न विकासका माग मन्त्री लम्साल समक्ष माग गरेका छन ।

स्थानीय तह, जनप्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीयवासीबाट प्राप्त सुझाव तथा मागलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनका लागि पहल गर्ने मन्त्री लम्सालले प्रतिबद्धता ब्यक्त गरेका छन ।

मन्त्रीले कर्णालीका दुर्गम जिल्लाको सडक पूर्वाधार सुधार संघीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन । मुगुवासीले मन्त्रीको कर्णाली राजमार्गको स्थलगत अनुगमन तथा भ्रमणबाट कर्णाली राजमार्गसहित जिल्ला भित्रका सडक र पूर्वाधार विकासले गति लिने आसा गरेको उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले जानकारी गराए ।
मुगु गमगढीमा भेटघाट र छलफल सकेर मन्त्री लम्साल हिजो नै गमगढी सोरुकोट सडक खण्डको अनुगमन निरिक्षण गर्दै हुम्ला लागेको रास्वपा मुगु सभापति बिर्खबहादुर मल्लले बताउनु भयो मन्त्रीले गमगढी सोरुकोट सडकको वास्तविक स्थलगत अनुगमन गरेको उहाको भनाई छ ।

मन्त्री लम्साल सोरुकोट बाट गुल्मा भएर कर्णाली करिडोर पुगेर त्यहाको सडक अनुगमन निरिक्षण गर्दै हुम्ला सिमकोट पुग्नु भएको छ । उत्तरी नाका तिब्बत जोडने बहुप्रतिक्षित कर्णाली करिडोर सडक अनुगमन गर्ने मन्त्रीको लक्ष्य छ ।
कर्णाली करिडोर निर्माण कार्यको अबस्था गर्नु पर्ने काम, बजेटको कार्यन्वयन र जोखिम तथा स्थानीयको जनगुनासा बुझन र छलफल गर्न मन्त्री लम्साल हुम्ला पुग्नु भएको रास्वपा केन्द्रीय सदस्य टासी लाजोमले जानकारी गराइन । उनी पनि मन्त्री संगै अनुमगन टोलीमा छिन । कर्णाली करिडोर अनुगमन निरिक्षण गर्दै मन्त्री हिल्सा नाका सम्म पुग्ने टासी लाजोमले बताइन ।

कर्णाली प्रदेश अन्त्र्रगत मुगुको उत्कृष्ट मनोरम रारा तालमा सामुहिक तस्विर खिचाउदै बाया तर्फ बाट रास्वपा केन्द्रीय सदस्य टासी लाजोम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल सहित अन्य तस्विर टासी लाजोमको सामाजिक सञ्जाल बाट साभार ।

चर्चामा

सम्बन्धित समाचार