बिहिबार, भदौ ४, २०८३
बिहिबार, भदौ ४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली प्रदेशमा मन्त्रीपरिषद बिस्तार नवनियुक्त मन्त्रीलाई पद तथा शपथ ग्रहण

कर्णाली प्रदेशमा मन्त्रीपरिषद बिस्तार नवनियुक्त मन्त्रीलाई पद तथा शपथ ग्रहण

  • बिहिबार, भदौ ४, २०८३
कर्णाली प्रदेशमा मन्त्रीपरिषद बिस्तार नवनियुक्त मन्त्रीलाई पद तथा शपथ ग्रहण

मुगु —कर्णाली प्रदेशमा मन्त्रीपरिषद बिस्तार गरिएको छ । तीन जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो । तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरे संगै मन्त्रीपरिषद बिस्तार गरिएको छ । नेकपाको भागमा परेका तीन मन्त्रालयका मन्त्री नियुक्त गर्न अझै बाकी छन ।

चर्चामा

सम्बन्धित समाचार