बिहिबार, भदौ ४, २०८३
बिहिबार, भदौ ४, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • पवित्र धार्मिक तीर्थस्थल छायाँनाथ धामको तीर्थयात्रा सुरु

पवित्र धार्मिक तीर्थस्थल छायाँनाथ धामको तीर्थयात्रा सुरु

  • बिहिबार, भदौ ४, २०८३
पवित्र धार्मिक तीर्थस्थल छायाँनाथ धामको तीर्थयात्रा सुरु

मुगु —छायाँनाथ घामको तीर्थयात्रा सुरु भएको छ । छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित मुगुमकामरोङ गाउँपालिकाको डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा सुरु भएको छ

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र सुरु भएको पुजारीहरु बताउछन ।
शिवजीको मूर्ति जनैपूर्णीमा सम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा आउने गरेक छन ।

जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न तीर्थालुको ओइरा लाग्ने गरेको छायानाथ मन्दिरका पूजारीको भनाई छ । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पवित्र धाम मानिएको छ ।

छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्
बिहिबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि पूर्णीमाका दिनमा फर्किने गर्दछ र्। धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन् । त्यहाँ पनि जिल्ला बाहिरका तीर्थालु लाई दर्शन गर्न रोक लगाईएको छ

छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागी महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा राखिदै आएका छन । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ मा पर्ने छायाँनाथ क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटरको उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र हो। यहाँ पुग्न गमगढीबाट लामो र कठिन हिमाली पैदल यात्रा गर्नुपर्ने अवस्था छ।

छायाँनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा लिइन्छ। हिन्दू धार्मिक मान्यताअनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर मत्र्यलोक भ्रमण गर्ने क्रममा उनका शरीरका विभिन्न अंग विभिन्न स्थानमा खसेका थिए। ती स्थानलाई शक्तिपीठका रूपमा श्रद्धा गर्ने गरिन्छ। छायाँनाथ क्षेत्रमा पनि सतीदेवीसँग सम्बन्धित धार्मिक विश्वास रहँदै आएको छ।

बौद्ध धर्मावलम्बीहरूले समेत छायाँनाथ क्षेत्रलाई पवित्र धार्मिक स्थलका रूपमा श्रद्धा र पूजा गर्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक विविधताको संगमका रूपमा रहेको छायाँनाथमा हरेक वर्ष कर्णालीका विभिन्न जिल्ला तथा देशका अन्य क्षेत्रबाट समेत श्रद्धालुहरू पुग्ने गरेका छन्।

छायाँनाथ पुग्न अहिलेसम्म सहज सडक तथा यातायात सुविधा नहुँदा तीर्थयात्रीले जोखिमपूर्ण हिमाली बाटो हुँदै पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।  छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागी महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाँउमा रहेका छायाँनाथ र क्रृणमोक्ष मन्दिरमा राखिदै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार