बुधबार, भदौ १०, २०८३
बुधबार, भदौ १०, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • मङ्लबार, भदौ ९, २०८३
यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मुगु – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल बहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीपरिषदको प्रथम बैठकले मुख्य तीन वटा निर्णय गरि सार्वजनिक गरेको छ ।
यस्ता छन निर्णयहरु
मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय अन्तर्गत ः
१ सरुवा भइ आउनुभएका नेपाल प्रशासन सेवा रा प प्रथम श्रेणी सहसचिब श्री रमेश के.सी.लाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तर्गत शान्ति सुरक्षा ,बिपद ब्यबस्थापन र सुचना प्रबिधी क्षेत्र हेर्ने प्रदेश सचिब पदमा खटाउने निर्णय गरियो ।
आर्थिक मामिला मन्त्रालय अन्तर्गत
२ कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी बिधेयक कर्णाली प्रदेश सभामा पेश गर्नको लागी स्विकृति प्रदान गर्ने ।
३ २०८३ साउन १ गते देखी लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत संघीय सरकारको दरबन्दीका कर्मचारीहरु एबं प्रदेश र स्थानिय तहका र करार कर्मचारीहरुको नयाँ तलबमान कायम गर्ने ।
फोटो मन्त्री जीतबहादुर मल्लको सचिवालय

चर्चामा

सम्बन्धित समाचार