मुगु—जिल्ला सदरमुकाम गमगढी स्थित सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङमा पढने विद्यार्थीहरूले आफ्नो दैनिक खाजा नास्ताको पैसा बचाएर रसुवा भोटेकोशीका बाढी प्रभावितहरू नागरिकहरुलाई राहत संकलन गरेका छन गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अबस्थालाई मध्येजनर गरि सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङका बिधार्थीहरु खाजा नास्ताको पैसा बचाएर बाढीपडितका लागि राहत संकलन सुरु गरेका हुन । ्उक्त बोडिङ्गमा पढने कक्षा १ देखि १० सम्मका करिब ५ सय जना विद्यार्थीहरूले राहत रकम सङ्कलन गरी रसुवा बाढीपिडित प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको बोडिङ्गले जनाएको छ ।
बाढी बाट दुःख परेका दाजुभाइ, दिदीबहिनी र साथीहरूलाई थोरै भए पनि राहत होस भनेर यो प्रयास गरेको सिद्धार्थ गौतम इन्टरनेसनल बोर्डिङ स्कुलकी छात्रा कक्षा रविना रावलले सुनाइन । राहतका लागि हामीले नास्ताको पैसा जम्मा गरेको उनको भनाई छ ।