काठमाडौ – नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले हिमाल सरसफाई अभियान लाई निरन्तरता दिइने बताउनु भएको छ ।सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देल बीच भएको भेटमा मन्त्री शाहीले हिमाल सरसफाइ अभियान लाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।हिमाल बचाउने नारा सहित ६ बर्ष पहिले देखि नेपाली सेनाको अगुवाईमा सुरु भएको यो अभियान बजेट अभावका कारण समस्या देखिन थालेको छ ।
मन्त्रीले बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धताका साथ नेपाली सेना लाई हिमाल सरसरफाई अभियान लाई निरन्तरता दिन प्रधानसेनापती आग्रह गर्नु भएको छ ।हिमाल क्षेत्रमा पर्वतारोहीहरुले छोडेको फोहोर जम्मा भएको र वातावरणीय प्रदुषण न्यनिकरण तथा हिमालको प्रवित्रता र सुन्दरता जोगाउने उदेश्यले नेपाली सेनाले सुरु गरेको हिमाल सरसफाई अभियान बजेट अभावले समस्या देखिएको छ ।
नेपालको सगरमाथा,ल्होत्से, अन्नपुर्ण लगायत आठ हजार मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गरि स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोही गर्ने पर्यटकको संख्यामा बृद्धि हुने सम्भावना भएकोले अभियानलाई आवश्यक बजेट ब्यावस्थापन गर्ने बताउनु भएको छ ।प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति बिश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम लाई कार्यन्वयन गर्दै जादाँ बजेट अभावले समस्या उत्पन्न भएको सेनाले जनाएको छ ।बजेट ब्यावस्थापन गरिदिई सरकारको राष्ट्रिय कार्यक्रमलाई बिशेष महत्वका साथ नेपाली सेनाले निरन्तताका साथ यो अभियान लाई सार्थकता तुल्याउने प्रधानसेनापती सिग्देलले बताउनु भयो ।
नेपाली सेनाले राष्ट्रिय कार्यक्रम लगायत वन संरक्षण, निकुञ्जको संरक्षणमा महत्वका साथ कार्य गदै आएको उहा“को भनाई छ । बिगत तीस बत्तीस बर्षयता देखि सेनाले निकुञ्ज संरक्षित क्षेत्रको सुरक्षा गदै आएको र निकुञ्जको चोरी शिकारी र आगलागी नियन्त्रणमा सेनाले महत्वपूर्ण कार्य गर्दै आएको छ ।वन तथा वातावरण मन्त्रालयको एक तिहाई बजेट वन संरक्षणका लागि नेपाली सेनाले खर्च गर्दै आएको सचिव डा. दीपक कुमार खरालले बताउनु भयो ।नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज र १ वटा आरक्षमा नेपाली सेनाले संरक्षणका लागी ठूलो योग्दान गरेको छ । जैविक विविधता संरक्षण बन्यजन्तु संरक्षणका लागी नेपाली सेना संगको समन्वय सहकार्यका साथ वन मन्त्रालयले प्रकृति संरक्षणमा जोड दिईने सचिव खरालको भनाई रहेको छ ।मन्त्री शाहीले कर्णाली करिडोर र कर्णाली राजमार्ग नेपाली सेनाले नै निर्माण कार्य गरेको र मुगुको उत्तरी सडक गमगढी नाक्चेनाङला सडकको निर्माण कार्य पनि नेपाली सेनाले लिने ब्यावस्था गर्न प्रधानसेनापति संग आग्रह गर्नु भएको छ ।कडा चट्टान र निमार्णमा ढिला सुस्तीले यो सडक नेपाली सेनाले जिम्मा लिए सडक निमार्णको कार्यमा छिटो हुने मन्त्री शाहीको भनाई रहेको छ ।