मुगु —कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सफलता पूर्वक सम्पन्न भएको छ। घुमौँ कर्णाली, हेरौँ कर्णाली जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने नारा सहित आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न सफतापूर्बक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
कर्णाली प्रदेशको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित यस महोत्सवमा चलचित्र विकास बोर्डले सक्रिय सहकार्य तथा संस्थागत सहभागिता जनाएको आयोजकले जनाएको छ । महोत्सवका क्रममा कर्णालीलाई चलचित्र छायाङ्कन, कथा विकास, चलचित्र पर्यटन तथा अन्तर्राष्ट्रिय सुटिङ गन्तव्यका रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण छलफल, प्रतिबद्धता र सहकार्यका आधारहरू निर्माण भएका छन ।
महोत्सवमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य गणेश प्रसाद सुबेदी सहित चलचित्र क्षेत्रका अग्रज, निर्माता, निर्देशक, कलाकारको उत्साह जनक उपस्थित रहेको थियो ।