काठमाडौ —सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा अघि बढाउन देवभूमि नेपाल राष्ट्रिय अभियान संचालन गरिने छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भयो ।
पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प
र्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने सरकारले नीति सार्वजनिक गरेको छ ।
नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने योजना सरकारले अघि सारेको छ । कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिँदै पर्यटन प्रर्बद्धनमा बिशेष जोड दिने नीति तथा कार्यक्रममा समाबेश गरेको छ । त्यसै गरि सरकारले विसं २०८५ लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने लक्ष्य राखेको छ ।