शनिबार, असार ६, २०८३
शनिबार, असार ६, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • काठमाडौंमा प्रथम पटक टोल टोलमा फिल्म महोत्सव हुदै

काठमाडौंमा प्रथम पटक टोल टोलमा फिल्म महोत्सव हुदै

  • शुक्रबार, असार ५, २०८३
काठमाडौंमा प्रथम पटक टोल टोलमा फिल्म महोत्सव हुदै

काठमाडौ —महानगरपालिकामा प्रथम पटक टोल टोलमा फिल्म महोत्सवको आयोजना गर्न लागिएको छ । महानगरपालिकाकले आज शुक्रबार खुल्ला मञ्चमा फिल्म महोत्सव प्रारम्भ गर्न लागेको छ । भोली शनिबार असन बजारमा फिल्म महोत्सव गरिने छ । काठमाडौं शहरको मौलिक पहिचान संस्कृति संरक्षण बचाउन विभिन्न कार्यक्रम गर्दै आएको काठमाडौं महानगरपालिकाले यो पटक टोल टोलमा फिल्म महोत्सव गर्न लागेको छ ।

महानगरपालिकाले टोल टोलमा चोक, पार्क र खुला ठाउमा समुदायलाई सामुहिक रुपमा फिल्म देखाउने लक्ष्य राखेको छ । शहरलाई जीवन्त बचाउन टोल टोलमा फिल्म महोत्सव गर्न लागिएको कार्यबाहक मेयर सुनिता डंगोलले बताउनु भयो । यो महोत्सवमा छोटो फिल्म प्रदर्शन, छलफल, कला र रचनात्मक उद्योगका विषयमा वार्ता र सांस्कृतिक प्रदर्शनहरू गरिने उहाको भनाई छ । महानगरले आउदो वर्ष आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको काठमाडौं फिल्म महोत्सवलाई मध्यनजर गरि अहिले टोल टोलमा फिल्म महोत्सव सुरु गरेको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार