बुधबार, साउन २७, २०८३
बुधबार, साउन २७, २०८३
  • होमपेज
  • मनोरञ्जन
  • कांग्रेस बिभाजनको स्थितिले राष्ट्र, राष्ट्रिय लोकतन्त्र अप्ठेरोमा परेको छ, नेबिसंघ नेता शाही

कांग्रेस बिभाजनको स्थितिले राष्ट्र, राष्ट्रिय लोकतन्त्र अप्ठेरोमा परेको छ, नेबिसंघ नेता शाही

  • मङ्लबार, साउन २६, २०८३
कांग्रेस बिभाजनको स्थितिले राष्ट्र, राष्ट्रिय लोकतन्त्र अप्ठेरोमा परेको छ, नेबिसंघ नेता शाही

काठमाडौ —नेपाली कांग्रेसका निर्वतमान महासमिति सदस्य एवम नेबिसंघका युवा नेता धर्मराज शाहीले कांग्रेस बिभाजनको स्थितिले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संरक्षणको जिम्मेवारी अप्ठेरोमा परेको बताएका छन ।
मंगलबार शाहीले आफनो सामाजिक सञ्जाल मार्फत साउन २९ गते देखि प्रारम्भ हुने कांग्रेस इतरसमुहको राष्टिय भेलाको सन्दर्भमा आफनो धारणा पोष्ट गर्दै आज हाम्रो पार्टी एकताको प्रश्न मात्र रहेको छैन हाम्रो राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संरक्षणको जिम्मेवारी पनि अप्ठेरो स्थितिमा परेको उल्लेख गरेका छन ।
कसैले जित्नु नपर्ने, कसैले हार्नु नपर्ने गरी पार्टीभित्रका ज्येष्ठ सदस्यको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेर १५औँ महाधिवेशन गरौँ उनको भनाई रहेको छ ।

शाहीका अनुसार कांग्रेस साथीहरु अब आफनो आवाज उठाउने बेला आएको छ नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि छ । पार्टी संचालनको तौलतरिका प्रति प्रश्न छ , त्यसैले आउनुहोस अब यो बिषय राष्ट्रिय भेलामै गम्भीर र व्यापक रुपमा छलफल गरौ । जय नेपाल ।

चर्चामा

सम्बन्धित समाचार