शनिबार, पुस २०, २०८१
शनिबार, पुस २०, २०८१
  • होमपेज
  • समाचार
  • पर्यटकको आक्रर्षण बन्दै राराका असला

पर्यटकको आक्रर्षण बन्दै राराका असला

  • शनिबार, बैशाख १५, २०८१
पर्यटकको आक्रर्षण बन्दै राराका असला

 


क्याराभान खबर–समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रहेको मुगुको रारा तालमा देखिने असला प्रजातिका माछाहरु पर्यटकको आक्रर्षण बन्दै छन ।
रारा घुम्न जाने आन्तरिक तथा बाहय पर्यटकले कञ्चन रारा तालमा तैरिरहेका असला माछाहरु देखिने रमाउने गरेका छन । राराका असला माछाहरु पर्यटकको आक्रर्षण बनि रहेको रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालको भनाई छ । हिजो आज रारा तालको किनार वरपर बाक्लै समुहमा असला माछा देखिने गरेको निकुञ्जले जनाएको छ ।
चिसो मौसममा असला माछाहरु ताल भन्दा तल करिव १७ सय मिटर गहिराइमा जाने र गर्मी मौसममा माथि सतह तर्फ आउने गरेका छन । राराका असला माछाले किरा मसिनो ढुंगा लेउ खाने गरेका छन । रारा तालमा करिव ५ केजी सम्मको असला माछा रहेको मुर्मा गाउ“का स्थानीयको भनाई छ । असला माछा मार्ने स्थानीयलाई निकुञ्जले कारबाही गर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार